दफा २८
गोप्य राख्ने र विश्वासघात नगर्ने कुराको शपथग्रहण गर्नु पर्ने
आफ्नो पद सम्हाल्नु
भन्दा अघि नै समितिको प्रत्येक सञ्चालक, महाप्रबन्धक, अडिटर, पदाधिकारी र अरु
कर्मचारीले अनुसूचीमा लेखिए अनुसार आफ्नो ओहदा सम्बन्धी काम कुराहरू अधिकृत व्यक्ति
बाहेक अरु व्यक्तिलाई प्रकाश गर्ने छैन र समितिको काममा विश्वासघात गर्ने छैन भनी
शपथ ग्रहण गर्नु पर्दछ ।